साप्ताहिक संवाददाता
अप्रिलियाका स्कुटर
अटो शोमा अप्रिलिया स्ट्रोम १२५, एसआर १२५ र एसआर १५० तथा एसआर १५० रेस स्कुटर पनि राखिनेछ । कम्पनीले अप्रिलिया स्ट्रोम १२५ को मूल्य २ लाख २४ हजार ९ सय, एसआरको १२५ को २ लाख ४० हजार ९ सय, अप्रिलिया एसआर १५० रेसको २ लाख ९३ हजार तथा एसआर १५० को २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकेको छ ।
रनरको एड्भेन्चर बाइक
रनरको २ सय सीसीको डर्ट बाइक अर्थात रनर हकले अटो शोमा धेरैको ध्यान खिच्ने अनुमान छ । नेपालमा यो मोडल ३ लाख ९९ हजारमा बिक्री भैरहेको छ । नेपाली बजारमा रनर हक रातो रङ्गमा मात्र उपलब्ध छ । उच्च ग्राउण्ड क्लियरेन्स भएको हक मोटरसाइकललाई पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिन्छ ।
केटीएम ड्युक २०० एबीएस
नाडा अटो शोमा ड्युक २०० एबीएस भर्सन सार्वजनिक गरिनेछ । यसको मूल्य करिब ५ लाख ४० हजार रुपैयाँ हुने अनुमान छ । अस्ट्रियाको टु–ह्विलर कम्पनी केटीएमले ड्युक २०० एबीएस केही महिना अघि भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यही बाइक नै अब नेपाली बजारमा उपलब्ध गराइने भएको हो ।
रोयल इन्फिल्डको गन मेटल ग्रे
रोयल इन्फिल्डको क्लासिक ३५० सीसी गन मेटल ग्रे अटो शोको एउटा प्रमुख आकर्षण हुनेछ । यो बाइक स्पोर्टी लुक, म्याट फिनिस, रियर डिस्क ब्रेक जस्ता विशेषतामा उपलब्ध छ । यो बीएस फोर मापदण्डयुक्त बाइक हो । हाल थपिएको रियर डिस्क ब्रेकका कारण यो बाइक टुरिङ एवं दैनिक राइडिङका लागि थप सुरक्षित भएको बताइएको छ । गन मेटल ग्रेको मूल्य ५ लाख १५ हजार रुपैयाँ पर्छ ।
हिरोका ३ बाइक
यो अटो शोमा हिरोले ३ वटा नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हिरोले एक महिनाअघि भारतीय बजारमा उतारिएको एडभेन्चर मोटरसाइकल एक्सपल्स–२००, एक्सपल्स–२०० टी तथा एक्सट्रिम २०० एस नेपाली बजारमा यही अटो शोमार्फत सार्वजनिक गर्ने बताएको छ ।
यामाहा एमटी १५
यामाहाले एमटी १५ बाइक तथा एनम्याक्स १५५ स्कुटर उपलब्ध गराउने भएको छ । एमटी १५ मा आर–१५ भी–३ कै इन्जिन छ । एमटी १५ एजाइल एक्सिलेरेसन, एजाइल ह्यान्डिलिङ एवं एड्भान्स डिजाइनको सन्तुलित परिणाम हो र यो लोअर इन्ड मोटरसाइकलबाट हायर इन्डमा अपग्रेड हुन चाहने युवा राइडरहरूप्रति लक्षित छ । डार्क थिमसहितको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन एवं प्रभावशाली डिजाइन यसका अन्य विशेषता हुन् ।
बीएमडब्लूका बाइक
बीएमडल्युका दुई मोडल जी ३१० जीएस तथा जी ३१० आर बाइकलाई अटो शोमा शोकेस गरिनेछ । रातो र कालो रंगका जी ३१० आरको मूल्य ९ लाख ५० हजार रुपैयाँ छ । सेतो रङको जी ३१० आरको मूल्य ९ लाख ७५ हजार रुपैयाँ पर्छ । रातो र कालो रंगको बीएमडब्लू जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने सेतो रंगमा उपलब्ध यही मोडलको मूल्य ११ लाख १५ हजार रुपैयाँ तोकिएको छ । बीएमडब्लूका यी बाइकमा ३१३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । यसको अधिकतम पावर ३४ एचपी तथा टर्क २८ एनएम छ । यी बाइक नेकेड स्पोर्ट्स एवं एड्भेन्चर बाइक सेगमेन्टमा लोकप्रिय छन् ।
बजाज एनएस २०० एबीएस
बजाजले नेकेड बाइक एनएस–२०० को परिमार्जित एबीएस भर्सन उपलब्ध गराउने भएको छ । अब आउने परिमार्जित मोडलमा सिंगल च्यानल एबीएस जडान गरिएको छ । यो बाइकमा १९९ सीसी सिंगल सिलिन्डर ४ भल्भ तथा लिक्विड कुल्ड इन्जिन छ । यसमा डे टाइम रनिङ हेडलाइट तथा एलइडी टेलल्याम्प दिइएको छ । ६ स्पिडको गियर बक्स युक्त यो बाइकमा मल्टी डिस्क हाइड्रोलिक क्लच छ ।
जीपीएक्स
बजाजले नेकेड बाइक एनएस–२०० को परिमार्जित एबीएस भर्सन उपलब्ध गराउने भएको छ । अब आउने परिमार्जित मोडलमा सिंगल च्यानल एबीएस जडान गरिएको छ । यो बाइकमा १९९ सीसी सिंगल सिलिन्डर ४ भल्भ तथा लिक्विड कुल्ड इन्जिन छ । यसमा डे टाइम रनिङ हेडलाइट तथा एलइडी टेलल्याम्प दिइएको छ । ६ स्पिडको गियर बक्स युक्त यो बाइकमा मल्टी डिस्क हाइड्रोलिक क्लच छ ।
थाइल्यान्डको जीपीएक्स ब्रान्ड नेपालमा भित्रिएको धेरै भएको छैन । जीपीएक्सका १५० सीसी सेग्मेन्टमा डेमन १५० जीएन, २०० सीसी सेग्मेन्टमा लिजेन्ड २०० एवं जेन्टलम्यान २०० मोटरसाइकल सार्वजनिक हुने भएको छ । डेमन १५० जीएनको मूल्य ३ लाख ९६ हजार ७ सय रुपैयाँ, लिजेन्ड २०० को मूल्य ४ लाख ६३ हजार ७ सय रुपैयाँ तथा जेन्टलम्यान २०० को मूल्य ५ लाख ८३ हजार ७ सय रुपैयाँ हुने बताइएको छ ।