साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘मिस्टर नेपाली’ आगामी कार्तिक २९ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । बुधबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माण टिमले चलचित्रको एक गीत पनि रिलिज गरेको छ ।
चलचित्रमा समावेश ‘नाँचौ छम्मा छम्मा’ बोलको गीत सार्वजनिक कार्यत्रममा चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मिलन लामा र रीता केसीको स्वर, सुभाष भुषालको संगीत र देव भुषालको सुन्न सकिन्छ ।
सार्वजनिक गीतमा अभिनेता भूवन केसी, अभिनेत्री रीमा विश्वकर्मा, नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकाहरु रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतलाई देख्न सकिन्छ ।
चलचित्र ‘मिस्टर नेपाल’लाई देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रले राष्ट्रियता र प्रेमको कथा भन्ने उल्लेख गरिएको छ ।