साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘आमा’मा आफूले निर्वाह गर्ने भूमिकाका लागि अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छन् । चलचित्र भित्रको कथा माथिको न्यायका लागि आफूले कपाल मुण्डन गरेको पन्तको भनाई छ ।
आमा चलचित्रबाट आशावादी सुरक्षाले राम्रो चलचित्रका लागि आफूले कम्प्रमाइज नगरी कपाल काटेको बताएकी छिन् । चलचित्रका लागि धेरै कलाकारले कस्ट्युम प्रयोग गर्ने गरेका छन् । तर, सुरक्षाले भने आफ्नो कपाल काटेकी हुन् । केहि समय अघि चलचित्र जाइरामा अभिनय गर्ने क्रममा अभिनेत्री नम्रता श्रेष्ठले पनि आफ्नो कपाल मुण्डन गरेकी थिईन् ।
दीपेन्द्र के खनाललको निर्देशनमा बनिरहेको यो चलचित्रमा सुरक्षाका साथमा मिथिला शर्मा, सरिता गिरीलगायतका कलाकार शिर्ष भूमिकामा देखिने छन् ।
सोसल ड्रामा ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । कथा पनि दीपेन्द्रले नै लेखेका हुन् । फागुन ९ गते प्रदर्शन हुने चलचित्र निर्देशक स्वयम्ले खिचिरहेका छन् ।