माया छपक्कैको पहिलो गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७६

 

चलचित्र चलचित्र ‘छ माया छपक्कै’ को पहिलो गीत ‘जुनको जुनेली...’ को भिडियो सार्वजनिक भएको छ । दसैंको क्रयोदशी अर्थात असोज २४ गते शुत्रवारदेखि सार्वजनिक प्रदर्शन हुने उक्त चलचित्रको पहिलो गीतमा वसन्त थापा तथा मीना निरौलाको स्वर छ । 

राजेन्द्र थापाको शब्दको उक्त गीतमा वसन्त थापाको संगीत निर्देशन  छ । उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, बुद्धि तामाङ आदिले अभिनय गरेका छन् । गीतलाई रोपाईंको थिममा तयार पारिएको छ । कविराज गहतराजले उक्त गीतमा कोरियोग्राफी गरेका छन् ।

दीपेन्द्र लामाद्वारा निर्देशित यो चलचित्र आमा सरस्वती मुभिज तथा रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशक, हरिव हुमागाईंको छायांकन तथा दीपकराज गिरीको पटकथाको यो चलचित्रको कथा निर्देशक दीपेन्द्र लामाले लेखेका हुन् ।

यस्तो छ गीत :

प्रकाशित :भाद्र १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्