साप्ताहिक संवाददाता
भाद्र १४, २०७६
काठमाडौं
मुकुन भुसाल र केकी अधिकारीको मुख्य भुमिका रहने भनिएको चलचित्र झिङ्गे दाउको छायाँकन केहि महिना पछि सरेको छ । केहि हप्तामै घोषणा गरेर छायाँकनमा जाने तयारी गरेको निर्माण टिमलाई मौसमले नदिएका कारण चलचित्रको छायाँकन केहि महिना पछि सार्नुपरेको निर्देशक ज्ञानेन्द्र देउजाले साप्ताहिकलाई बताए ।
चलचित्रको स्क्रिप्ट, लोकेशन, कलाकारसहित सम्पुर्ण टिम भने फाइनल भएको छ । डेढ करोड माथीको वजेटमा निर्माण हुन लागेको चलचित्रका लागी हरियाली मौसम र दशैपछिको समय आवश्यक थियो । उक्त वातावरण अहिले भेट्न गाह्रो भएका कारण छायाँकन सेड्युअल केहि पछि सार्नुपरेको निर्देशक देउजाको भनाई छ ।
उनका अनुसार अव यो चलचित्रको छायाँकन दशै लगत्तै छायाँकन गरिनेछ ।