साप्ताहिक संवाददाता
भाद्र १४, २०७६
काठमाडौं
नेपालको लोकप्रिय चलचित्र प्रेमगीतको सिक्वेल प्रेम गीत ३ को ओभरसिज राइट ९५ लाखमा बिक्री भएको छ । चैत्र २८ गते प्रदर्शन मिति तोकिएको यो चलचित्रको यो चलचित्रको ओभरसिज डाटाज इभेन्ट्सले किनेको छ ।
शुक्रवार चलचित्रका सन्तोष सेनको जन्मदिनको अवसरमा निर्माता सेन र डाटाजका दातारामसँग सम्झौता गरिएको हो । शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, क्रिष्टिना गुरुङ, सुनिल थापा, लक्ष्मी बर्देवा, माओत्से गुरुङ्ग, क्रिजन गौतम, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहने यो चलचित्र दशै लगत्तै छायाँकनमा जानेछ ।