साप्ताहिक संवाददाता
चलचित्र कबड्डीको तेस्रो श्रृंखला कबड्डी कबड्डी कबड्डीको ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रको शुक्रवार सार्वजनिक ट्रेलर निकै दमदार छ ।
असोज ३ मा प्रदर्शन हुने ट्रेलरमा देखाइएको छ, मैया (रिश्मा गुरुङ) प्रतिको एकतर्फी प्रेममा बहकिएका काजी (दयाहाङ राई) को जीवनमा नयाँ सोल्टिनी (उपासना सिंह ठकुरी) को इन्ट्री भएको छ । त्यसपछि उनिहरुको प्रेममय जिवन निकै उताव चढावसँगै अघि वढ्छ । ट्रेलरका अनुसार चलचित्र पुर्ण कमेडि तथा लभ स्टोरी जनरामा निर्माण भएको महशुस गर्न सकिन्छ ।
निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको चलचित्रको कथामा बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको पनि अभिनय देख्न सकिनेछ ।