साप्ताहिक संवाददाता
बेला–बेला विभिन्न विषयमा कडा प्रहार गरेर चर्चामा आइरहने अभिनेता हुन् दिपकराज गिरी । उनले फेरी अर्को व्यङ्ग्यात्मक स्ट्याटसमार्फत फेरी सरकारको आलोचना गरेका छन् ।
गिरीले एउटा लामो स्ट्याटस सार्वजनिक गर्दै चलचित्र विकास वोर्ड विघटन गरे के हुन्छ ? भनेका छन् । सरकारको बिद्यमान निती अनुसार हामिले २ करोड खर्च गरेर नेपाली भाषाको चलचित्र बनाउनुको कुनै अर्थ छैन, उनले भने, ‘नेपाली फिल्म खास चल्दा पनि चल्दैन । राम्रो नि हुदैन । त्यहि २ करोडमा त शाहरुख खान, सलमान लगायत एक से एक बिदेशी फिल्महरू आउँछ, फाइदा पनि हुन्छ ।’ नेपाली चलचित्र भन्दा बाहिरका चलचित्र सुरक्षित पनि रहेको र रातारात सरकारले सेन्सर पनि गराइदिने भएकाले वलिउड, हलिउड चलचित्रको व्यापार गरे कसो हुन्छ भन्दै सरकारलाई प्रश्न समेत सोधेका छन् ।
नेपाली चलचित्र भन्दा सुरक्षित पनि छ हिन्दि चलचित्र । राज्यले रातारात सेन्सर गर्छ । सुविधा दिन्छ । हलहरूले पनि बिशेष स्थान दिन्छन् । किन बेकारमा टाउको दुखाउने ?– उनले लेखेका छन्, ‘सबै मिलेर नेपाली चलचित्र नबनाऔ, बिदेशी फिल्म किनेर चलाऔं । भाषा तथा संस्कृती भाँडमा जाओस् । ब्यापार मुख्य कुरा हो नि ।’ नेपाली चलचित्रलाई भन्दा बाहिरका चलचित्रलाई सरकारको नजर राम्रो भएको भन्दै गिरीले अन्तिममा भने, ‘यति गरिसकेपछि विकासवोर्ड पनि चाहिन्न । राज्यको खर्च पनि कम हुन्छ । कर उठाउने काम कर कार्यालयले गरिहाल्छ नि होइन र ?’