केही सातादेखि नै सन्तुलित भोजन गर्ने । प्रोटिनयुक्त खाना प्रशस्त मात्रामा खाने, जसले शरीरलाई फुर्तिलो राख्छ र थकान कम गर्छ भने छाला तथा केशलाई स्वस्थ एवं सुन्दर बनाउँछ । दिनहुँ बिहान खाली पेटमा भिजाइएको ५–६ वटा बदाम तथा गाँजरको जुस सेवन गर्ने ।
केशलाई आकर्षक बनाउन ?
केराटिन वा प्रोटिनयुक्त स्याम्पुले केश नुहाउने । यसले केश बलियो एवं स्वस्थ राख्छ । सातामा एकपटक भए पनि हट ओयल मसाज गर्ने । हेयर कलरिङ तथा हेयर कटिङ भने तीजभन्दा साता, दश दिनअघि नै गर्नुपर्छ । यदि केश सुक्खा र ड्यामेज छ भने महिना दिनअघि नै हेयर स्पा गर्नुपर्छ । हेयर स्पा ४ हप्तासम्म लगातार गराउनु पर्छ जसले तीजमा केशको आकर्षण बढाइसक्छ । नुहाए पछि नियमित रूपमा ओयल सिरम प्रयोग गर्नुपर्छ ।
अनुहारको छालाको स्याहार ?
तीज आउनुभन्दा महिना दिन अघिदेखि नै प्रत्येक साता अनुहारमा ग्लो फेस प्याक लगाउने । छालालाई नर्मल र हेल्दी बनाउन प्रत्येक रात भिटामिन ई वा नाइट मोइश्चराइजर क्रिम लगाउने । मेकअपलाई लामो समयसम्म टिकाउन दिनहुँ छालालाई क्लिनजिङ, टोनिङ एवं मोइस्राइजिङ गर्नुपर्छ । मृतकोषहरू हटाऊन गोल्ड स्क्रब वा वालनट स्त्रब वा एप्रिकोट स्क्रब साताको एकपटक प्रयोग गर्ने ।
हात–खुटालाई आकर्षक एवं मजबुत राख्न ?
तीजको दिन पूजा गर्दा खाली खुट्टा हिँडिने हुँदा खुट्टा सुक्खा हुन्छ । त्यसैले एक महिना अघिदेखि नै यसको स्याहार गर्नुफर्छ । दिनहुँ खुट्टा स्क्रब वा स्त्रव सावुनले धुने तथा बडी क्रिम लगाउने । १५ दिनमा १ पटक मेनिकेयर र पेडिकेयर गर्ने । खुट्टाको कुर्कुच्चा सुक्खा नहोस् तथा नफुटोस् भनेर दिनहुँ हिल रिपेयर क्रिम लगाउने । नङ बलियो बनाउन क्युटिकल आयल तथा क्युटिकल क्रिम लगाउने । नङ राम्रो र सफा राख्न ब्लिच गरेर तीज अघि नै सेप र साइजमा ल्याउने । नङ राम्रो नभए जेल नेल एक्सटेन्सन वा नेल एक्सटेन्सन गराउने । हातलाई सुन्दर राख्न दिनको २–३ पटक ह्यान्ड क्रिम लगाउने ।