ग्यालेक्सी नोट १० र १० प्लस

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७६

यो साता नेपाली बजारमा सामसुङ ग्यालेक्सी नोट १० तथा १० प्लस भित्रिएका छन् । सामसुङ ग्यालेक्सी नोट १० को मूल्य १ लाख १६ हजार एवं नोट १० प्लसको मूल्य १ लाख ३५ हजार रुपैयाँ छ । 

सामसुङ ग्यालेक्सी नोट १० मा ६ दशमलव ३ इन्चको डिस्प्ले छ । यसमा २ सय ५६ जीबीदेखि १ टीबी सम्म स्टोरेज छ भने ३ हजार ५ सय एमएएचको ब्याट्री जडान गरिएको छ । सामसुङ ग्यालेक्सी नोट १० प्लसमा ६ दशमलव ८ इन्चको डिस्प्ले छ । यसमा ५ सय १२ जीबीदेखि १ टीबीसम्म स्टोरेज छ भने ४ हजार ३ सय एमएएचको ब्याट्री तथा १२ जीबीको र्‍याम छ । 

यो फोनमा भएको एस पेनले हृयान्डराइटिङलाई टेक्स्टमा बदल्छ । यसमा ब्लुटुथ प्रयोग गरी रिमोट कन्ट्रोलझैं बनाउन सकिन्छ भने तस्बिर तथा भिडियो खिच्न विशेष प्रकारका क्यामेरा उपलब्ध छन् । त्यसैगरी आवश्यक परे फास्ट चार्जिङ प्रयोग गरेर यो फोनलाई ३० मिनेटमै चार्ज गर्न सकिन्छ । सामान्य युएसबी केवल प्रयोग गरेर पीसीमा कनेक्ट गरी यो फोनमै डेक्सटपको काम गर्न मिल्छ । सामसुङको ग्यालेक्सी नोट १० र १० प्लसमा हुने गतिविधि कम्प्युटरको स्क्रिनमा हेर्न सकिन्छ ।

 

प्रकाशित :भाद्र १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्