साप्ताहिक संवाददाता
भाद्र १८, २०७६
नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका शिर्ष कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा लगायत अधिकांश कलाकार देखिएका छन् ।
अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘रातो टीका निधारमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा बसुन्धरा भुषाल, जयनन्द लामा, खुस्बु खड्का, रविन्द्र झालगायत कलाकारको अभिनय छ ।
चलचित्रको सार्वजनिक ट्रेलरलाई हेर्ने हो भने चलचित्रले वैदेशिक रोजगारी तथा देशमा रहेका अन्य समस्यालाई पर्दामा देखाउन खोजिएको छ ।
चलचित्र ‘रातो टिका निधारमा’ असोज १० गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको छ ।
चलचित्रको ट्रेलर :