करिब एकदशक देखि निरन्तर साहित्य श्रृजनामा लागेका डोम रानाले आफ्नो महत्वकांक्षी कविता संग्रह गोधुलीको किनारमा सार्वजनिक गरेका छन् । साब्लाबुङ फ्रकाशनले आयोजना गरेको एक कार्यक्रमविच कविता संग्रह सार्वजनिक गरिएको हो ।
कार्यत्रममा साब्लाबुङ हङकङका अध्यक्ष राजकुमार राई, कवि तथा गीतकार भावेश भुमरी, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, नेपाली भाषा तथा साहित्य परिषदका अध्यक्ष किशन राई, साहित्य साझा श्रृखलाकी संयोजक सुनिता गिरी, कवि लेखक तथा साहित्यकारहरु चन्द्र मादेन, कमल पौडेल, कानुन ब्यवसायी देव गुरुङ, स्याङ्जा जनसेवा समितीका अध्यक्ष ईश्वर गुरुङ, भारतीय भुपु गोर्खा सैनिक संघ हङकङका अध्यक्ष मनप्रसाद गुरुङ, ईटहरी मञ्चका अध्यक्ष राजु राई, नेक्र ज्योती संघ हङकङका अध्यक्ष ईश्वरवित्रम शाह लगायत विभिन्न संघसस्थाका प्रतिनिधी, ब्यापारीहरुको उपस्थिती थियो ।
उपस्थित अतिथीहरुले हङकङेली जीवन, साहित्य र कविता माथि समिक्षात्मक टिप्फणी गरेका थिए ।
कवि डोमले विमोचन कार्यक्रममा कविता संग्रह गोधुलीको किनारा वित्रीबाट संकलन भएको रकम १ लाख ५३ हजार ३५० रुपैया साब्लाबुङ पुस्तकालय अभियानका लागि साब्लाबुङ प्रकाशन हङकङका अध्यक्ष तथा सम्पादक राजकुमार राईलाई हस्तान्तरण गरे ।
गोधुलीको किनारामा त्यो स्मरण र भावना हो, जहाँ नेपालको सुगन्ध मिसिएको छ, सायद हरेक कविताको श्रृजनामा मैले विदेशी मनहरुको भावना प्रतिनिधीत्व गर्न सकेको छु कवि डोम राना बताउँछन् ।