हिमाल र त्रिसलाको नयाँ गीत

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७६

गायक हिमाल श्रेष्ठ र गायिका त्रिसला गुरुङको युगल आवाजमा एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हिम बिष्ट  शिरिषले लेखेको उक्त सार्वजनिक गीतमा गीतकार स्वयमले संगीत गरेका छन् । गीतमा संगीत संयोजन भने नरेन्द्र वियोगीले गरेका हुन् । 

टेकेन्द्र शाहले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कलर तथा सम्पादन पनि निर्देशक टेकेन्द्रकै रहेको छ । भिडियोमा आस्मा विश्वकर्माको कोरियोग्राफी रहेको छ । 

‘मै त होलानी’ बोलको रोमान्टिक गीतको म्यूजिक भिडियोमा कार्टुन क्रुका आस्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डि लामा लगायतका कलाकारले अभिनय गरेका छन् । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :भाद्र १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्