साप्ताहिक संवाददाता
भाद्र १९, २०७६
एप्पल प्रयोगकर्ताले आइक्लाउड सर्भिसको पासवर्ड बिर्सिए अनेकन समस्या सामना गर्नुपर्छ । यही कुरालाई मनन गरी अब फेस आइडी वा फिंगरप्रिन्ट स्क्यानिङको सहायताले समेत आइक्लाउड सर्भिस खोल्न सकिने व्यवस्था हुँदैछ । यसबाट कुनै नयाँ डिभाइस खोल्दा समेत सहज हुनेछ ।
एप्पलले उक्त फिचरका साथ आइक्लाउड साइटको नयाँ बिटा भर्सनको परीक्षण पनि गरेको छ । यद्यपि नयाँ आइक्लाउड अपडेट लाइभ हुने–नहुने विषयमा भने केही बताइएको छैन । यद्यपि यसबाट आइक्लाउड सेक्युरिटीमा थप वृद्धि हुनेछ । यसबाट गलत ब्यक्तिको हातमा डाटा जाने समस्या रहने छैन ।