भदौ २० गते : महालक्ष्मी व्रत आरम्भ । भदौ २२ गते : निजामती सेवा दिवस । भदौ २३ गते : हरिपरिवर्तिनी एकादशी व्रत ।
मेष
आर्थिक पक्ष सबल रहनुका साथै भौतिक सुखका साधनहरू जुट्नेछन् । आफ्ना लागि गरिएको प्रयत्नले सार्थक परिणाम दिलाउनेछ । तपाईंको विशेष प्रस्तावलाई साथीहरूले अनुमोदन गर्नेछन् । रोकिएका काम बन्नाले थप ऊर्जा जाग्नेछ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्न सक्छ । स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ ।
वृष
भविष्यका निम्ति जग बसाउने अवसर जुट्नेछ । प्रेमी–प्रेमिकाको आग्रह मुताबिक सरसामान जोहो गर्दा प्रेमको गाँठो अझ कसिलो हुन सक्छ । पैत्रिक सम्पत्ति उपयोग गरी थप सवारी साधन खरिद गरिनेछ । मनोरञ्जनमा सहभागी हुँदा समयको ख्याल राख्नुहोला । नयाँ अवसरलाई बेवास्ता गर्दा पछुताउनुपर्ला ।
मिथुन
चुनौतीहरू क्रमशः कम हुँदै जानेछन् । लामो दूरीको यात्रामा अनावश्यक झन्झटले पिरोल्नेछ । विविध प्रकारका सवारी साधनप्रति आकर्षित भइनेछ । पारिवारिक सुख–सुविधाका निम्ति विभिन्न सामग्रीको खरिदमा खर्च गर्नुपर्ने हुन सक्छ । पहेंलो रंगको प्रयोगले समस्या पहिचान गर्न सहज बनाउनेछ ।
कर्कट
विदेश यात्राको योग छ । नयाँ कार्य सम्पन्न गर्न थप लगानी आवश्यक हुनेछ । प्रेमी–प्रेमिकाले एक–अर्काको स–साना गल्ती औल्याउनु चित्तदुखाइको विषय हुनसक्छ । अपेक्षाअनुरूपको नतिजा प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । सामान्य स्वास्थ बाधा उत्पन्न भए पनि दुई–चार दिनपछि श्वतः अनुकूल हुनेछ ।
सिंह
राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुन सक्छ, जिम्मेवारी प्राप्त गर्न केही समय कुर्नुपर्नेछ । स्थान परिवर्तनको योगसमेत छ । पुराना कामबाटै विशेष फाइदा मिल्नेछ । वैदेशिक कार्यमा अघि बढ्दा अभिभावकहरूको रुचिको ख्याल गर्नुहोला । स्वास्थ एवं समयप्रति विशेष ध्यान पुर्याउनुपर्नेछ ।
कन्या
तपाईंको व्यक्तित्वबाट प्रभावित हुनेहरू बढ्नेछन् भने उन्नति देख्नेहरू छक्क पर्नेछन् । मन मिल्ने साथीसँग प्रेमको बन्धन कसिन सक्छ । स्वदेशमै उपलब्धि हात पार्न बिदेसिएका साथीहरूबाट सुझाव लिनुहोला । पुर्ख्यौली धन खर्च गरी निर्माण कार्य सम्पन्न गरिनेछ । साथीहरूसँग मनेरञ्जन तथा भ्रमणमा सामेल हुन पाइएला ।
तुला
साताको सुरुका दिनहरूमा खानपान तथा दैनिक जीवनचर्यामा ध्यान नदिँदा स्वास्थ्यले साथ नदिन सक्छ । परोपकारी भावना वृद्धि भै अपाङ्ग तथा वृद्धवृद्धाहरूको सेवामा समय व्यतीत गरिनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्दा ठूलाबडाबाट आशीर्वाद प्राप्त भै मन प्रफुल्लित हुनेछ । सप्ताहन्तमा कामको चाप बढ्ने सम्भावना छ ।
वृश्चिक
लगानीअनुरूप प्रतिफल हात पार्न राम्रै प्रयास गर्नुपर्नेछ । सभा–सम्मेलनहरूमा सहभागी हुने अवसर जुट्नेछ । आफ्नो हठ गर्ने बानीले परिवारमा मनमुटाव सिर्जना गर्न सक्छ । अभिभावकको सुझावअनुरुप व्यवसाय गर्दा प्रशस्त मुनाफा कमाउन सकिनेछ । सेतो तथा रातो रंगको अनुसरणले काम सम्पन्न गर्न सहज हुनेछ ।
धनु
सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा मानसिक तनाव कम हुनेछ । प्रेमी–प्रेमिकाबीचको खटपट अभिभावकहरूको चासोले मत्थर पार्नेछ । उत्ताउलोपनले परिणाममुखी कार्य गर्न ढिलाइ हुन सक्छ । विशेष सावधानी अपनाए काममा सफलता हात पर्ला । नगद सापटी लिएकाहरूले धोका दिँदा समस्यामा पर्न सकिनेछ ।
मकर
विपक्षीको खरो आलोचनाले मन खिन्न हुनेछ । मंगलबारपछिका दिनहरू अनुकूल रहनेछन् । विशिष्ट व्यक्तिको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ । नयाँ मित्रहरू आफूप्रति आकर्षित भएको अवस्थालाई सार्थक परिणाममा पुर्याउने प्रयत्न गर्नुहोला । राति अबेरसम्म यात्रा गर्दा संयम अपनाउनुपर्नेछ ।
कुम्भ
स्वरोजगार हुँदा हर्षले गदगद भइनेछ । केही दिनको अन्तरमा अन्य अवसरसमेत फेला पर्न सक्छन् । चियोचर्चा गर्नेहरूबाट सावधानी अपनाउनुहोला । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । परोपकारमा सक्रिय हुँदा आत्मसन्तुष्टि प्राप्त हुनेछ । तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ ।
मीन
आफ्नै जुक्ति–बुद्धिको सहाराले नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । आफ्नो काम फत्ते गर्न गोपनीयतामा हेक्का राख्नुहोला । व्यवसायिक योजना तर्जुमा गर्दा विदेशी साथीहरूको साथ पाइनेछ । प्रेमी–प्रेमिकाको आग्रह स्वीकार गर्दा विशेष फाइदा पुग्न सक्छ । विचार नगरी अरूलाई वचन दिँदा आलोचित हुने सम्भावना छ ।