हेमन्त शर्मा र बिष्णु माझी मन कस्ले मार्‍यो

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७६

गीत/संगीतमा हरेक पटक फरक प्रयोग गर्न चहाने गायक हुन्– हेमन्त शर्मा । आधुनिक गीत/संगीतमा लोकप्रिय गायक हेमन्त शर्माले यस पटक भने लोक दोहोरी गीत सार्वजनिक गरेका छन् । गायक शर्माले यसपटक लोकप्रिय लोकगायिका विष्णु माझीसँग गायनमा साझेदारी गरेका छन् । 

प्रेम भाव प्रस्तुत गरिएको गायक शर्माको उक्त गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । ‘बनमारा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । मरिष्का पोखरेल र पुष्प खड्का फिचर्ड भिडियो शिव बिकले निर्देशन गरेका हुन् । नभराज उप्रेतीले खिचेको भिडियो विकास धमलाले सम्पादन गरेका छन् । 

गीत औपचारिक रुपमा सार्वजनिक हुनु अगावै लोकप्रिय भएको भन्दै गायक शर्माले पुरै गीत पनि दर्शक/स्रोताले मन पराउने विश्वास व्यक्त गरेका छन् । 

बनमाराको म्यूजिक भिडियो :

 

प्रकाशित :भाद्र २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्