साप्ताहिक संवाददाता
भाद्र २०, २०७६
नेवार समुदायको विशेष परिकार चटामरीको महोत्सव भोलि शनिबार १ बजेदेखि ७ बजेसम्म चल्नेछ भने महोत्सवमा निःशुल्क प्रवेश पाइनेछ । कीर्तिपुर–१० स्थित सिद्धा जोशी नःनीमा हुन लागेको यो इभेन्ट सिद्धा नेवा रेस्टुरेन्टले आयोजना गरेको हो । चटामारी महोत्सवमा अन्य विभिन्न नेवारी परिकारका साथै सांस्कृतिक प्रस्तुतिसमेत समेटिनेछ ।
कमेडी नाइट
कलाकार सुजन जिम्बा तथा अजिस कायस्थले भोलि शनिबार दरबारमार्गस्थित दरबार क्याफे म्युजिक लाउन्जमा आयोजित कमेडी नाइटमा दर्शक–श्रोताहरूलाई हँसाउँदैछन् । उनीहरूका साथमा अनोजकुमार रानाको सांगीतिक प्रस्तुतिसमेत समेटिनेछ । प्रवेश निःशुल्क रहेको यो इभेन्ट साँझ ६ बजेदेखि रात्रि १२ बजेसम्म चल्ने बताइएको छ ।