साप्ताहिक संवाददाता
युट्युबमार्फत प्रसारण हुने वेब सिरिजहरूले दर्शकको मन जित्न थालेका छन् । टेलिभिजनमा टेलिश्रृंखलाका रूपमा प्रसारण भैरहेका सामग्रीहरू अहिले युट्युबमा वेब सिरिजका रूपमा प्रसारण हुन थालेका हुन् । यसबीच युट्युबबाट यसै सातादेखि एउटा नयाँ वेब सिरिजको प्रसारण प्रारम्भ हुने भएको छ ।
डान्स फिभरको प्रस्तुतिमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट प्रसारण हुने नयाँ वेब सिरिजको शीर्षक हो— जासुस मामा–भाञ्जी । उक्त वेब सिरिज अभिनेता गजित विष्टको अवधारणा, लेखन तथा निर्देशनमा तयार पारिएको हो ।
संगीतकर्मी प्रदीप बास्तोलाको संगीत निर्देशनको उक्त वेब सिरिजमा गजित विष्ट, आर्शिना भट्टराई, निर्मल शर्मा, अर्चना खनाल, मेलिना ओलि आदि कलाकारले अभिनय गरेका छन् । शिशिर भण्डारी, मञ्जु पौडेल, कमलकान्त मैनाली, कबिर खड्का तथा सुनिल खड्का यो सिरिजमा अतिथि कलाकारका रूपमा प्रस्तुत हुन्छन् । निर्देशक विष्टका अनुसार प्रत्येक शुक्रबार यो वेब सिरिजको नयाँ श्रृंखला युट्युबमा अपलोड हुनेछ ।