अस्मिता र रविको युगल गायन 

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७६

नेपाल आईडलका गत सिजनका विजेता रवि ओड र अस्मिता अधिकारीले गायनमा सहयात्रा गरेका छन् । उनीहरुले कृष्ण केसीको एक गीतमा गायनमा साझेदारी गरेका हुन् । रवि र अस्मिताको युगल आवाज रहेको उक्त सार्वजनिक गीतमा लोकप्रिय संगीतकार हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ । 

छ्याप्प समाउँदै बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । निकेश खडेकाले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको गीतको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् । 

गीतको म्यूजिक भिडियो :

 

 

प्रकाशित :भाद्र २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्