साप्ताहिक संवाददाता
पोखरामा युरोपियन युनियन (इयू) फिल्म फेस्टिभल–२०१९ सम्पन्न भयो । युरोपियन युनियन नेपालको आयोजनामा पोखरा सभागृहचोकस्थित मिड टाउन ग्यालेरियामा सञ्चालित फेस्टिभलमा कुल ९ फिल्म तथा डकुमेन्ट्री देखाइएको थियो ।
फेस्टिभलमा बेल्जियमको ‘किङ अफ द बेल्जियन्स’, इटालीको ‘ए सिम्ब्रा’, युकेको ‘अगेन्स्ट दि ल’, पोल्यान्डको ‘मुग’, स्विडेनको ‘सामी ब्लड’, जर्मनीको ‘वेस्ट्रेन’ र ‘स्टेगफान जुविज फेयरवेल टु युरोप’, डेनमार्कको ‘दि डिस्टेन्ट बार्किङ अफ डग्स’ तथा नेदरल्यान्डको ‘स्ट्रेन्जर इन प्याराडाइज’ प्रदर्शन गरिएका थिए ।
युरोपियन युनियन फिल्म फेस्टिभल वार्षिक रूपमा आयोजना हुने फिल्म फेस्टिभल हो । यसपालि आठौं संस्करणको फेस्टिभल पोखरा र काठमाडौंमा प्रस्तुत भएको हो । यो फेस्टिबलको उद्देश्य युरोपियन संस्कृति चिनाउनु थियो । यो फेस्टिभल काठमाडौंमा भदौ ६ देखि ९ गतेसम्म प्रस्तुत भएको थियो ।