साप्ताहिक संवाददाता
१० सेप्टेम्बर अर्थात् भदौ २४ गते विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । यो दिवस मनाउनुको कारण मानिसहरूलाई आत्महत्याको नकारात्मक पाटोप्रति सचेत गराउनु हो । अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संगठनले विश्व स्वास्थ्य संगठन तथा विश्व मानसिक स्वास्थ्य संगठनसँग मिलेर सन् २००३ देखि आत्महत्या रोकथाम दिवस मनाउन थालेको हो । त्यो मिति यता अहिलेसम्म १६ वटा आत्महत्या रोकथाम दिवस मनाइसकिएको छ । यसपटकको आत्महत्या रोकथाम दिवस १७ औं हो । सन् २०११ सम्म संसारका ४० देशमा मात्र मनाइने आत्महत्या रोकथाम दिवस अहिले संसारका लगभग सबै देशमा मनाइन्छ । सन् २००३ मा पहिलो आत्महत्या रोकथाम दिवस मनाउँदा विश्व स्वास्थ्य संगठनले– सुसाइड क्यान बी प्रिभेन्टेड (क्गष्अष्मभ अबल दभ उचभखभलतभम० अर्थात् आत्महत्यालाई रोक्न सकिन्छ भन्ने नारा दिएको थियो । यो वर्ष अर्थात् सन् २०१९ का लागि विश्व स्वास्थ्य संगठनले आत्महत्या रोकथाम दिवसका सन्दर्भमा ध्यचपष्लन त्यनभतजभच धष्तज उचभखभलतभम कगष्अष्मभ अर्थात् आत्महत्या रोकथामका लागि सँगसँगै काम गरौं भन्ने नारा दिएको छ ।
सन् १९९९ मा विश्व स्वास्थ्य संगठनले संसारमा मानिसको मृत्युको एउटा प्रमुख कारणमा आत्महत्यालाई पनि स्वीकार गरेपछि त्यसलाई रोक्न केही निश्चित नीति नियम तर्जुमा गरेको थियो । त्यतिबेला विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा, क्षेत्रगत रूपमा तथा राष्ट्रगत रूपमा बहुपक्षिय गतिविधिहरू वृद्धि गरेर मानिसमा रहेको आत्महत्याजन्य प्रवृत्तिका विरुद्ध प्रभावकारी पाइला चाल्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई सबै सदस्य राष्ट्रले स्वीकार गर्नुपर्ने र आत्महत्यालाई जघन्य अपराधको श्रेणीमा राख्नुपर्ने कुरा बताइएको थियो । विश्व स्वास्थ्य संगठनको उक्त निर्णयलाई स्वीकार गर्दै संसारका अधिकांश मुलुकले आत्महत्यालाई कसरी रोक्न सकिन्छ भने विषयलाई जनचेतना जगाउन सेप्टेम्बर १० का दिनलाई आत्महत्या रोकथाम दिवस मनाउने निर्णय गरेका थिए ।
आत्महत्या जघन्य अपराध हो कि होइन ? यो विषयमा लामो समयदेखि बहस चल्दै आएको छ । आत्महत्याको प्रयासमा सफल हुने व्यक्तिलाई अपराधी मान्ने कि नमान्ने ? आत्महत्याको प्रयासमा असफल हुने व्यक्तिसँग कस्तो व्यवहार गर्ने ? भन्ने जस्ता प्रश्नमा अहिले पनि संसारको मत विभाजित छ । आत्महत्या गर्ने प्रवृत्ति रोक्न अभियानका रूपमा कार्यक्रमहरू सञ्चालन भैरहेको अहिलेको अवस्थामा कतिपय विज्ञ आत्महत्यालाई अपराध मान्न नहुने र आत्महत्याको प्रयासमा असफल हुनेहरूलाई कानुनको दायरामा ल्याउन नहुने तर्क गर्छन । उनीहरूको मत छ— आत्महत्या रोकथामका लागि बनाइएका कानुन आफैंमा हास्यास्पद छन् ।
केही तथ्य
संसारमा हरेक वर्ष १० लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् । यो भनेको हरेक १० हजार मानिसमा १ जनाले तथा हरेक ४० सेकेन्डमा एउटा आत्महत्या हुनु हो । यो तथ्यअनुसार हरेक दिन ३ हजार मानिसले आत्महत्या गर्छन् ।
अहिले प्रतिवर्ष १० लाख रहेको आत्महत्याको दर कायमै रहने हो भने सन् २०२० मा १५ लाख मानिसले आत्महत्या गर्नेछन् ।
लडाइमा मारिएका वा कुनै अपराधीबाट हत्या गरिएका मानिसहरूको तुलनामा आत्महत्याका कारण
ज्यान गुमाउनेहरूको संख्या बढी छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको मृत्युको १३ औं प्रमुख कारण आत्महत्या हो । आत्महत्या गर्ने अधिकांश मानिस १५–२४ वर्ष उमेर समूहका हुन्छन् । युवाहरूमा मृत्युको दोस्रो कारण आत्महत्या नै मानिएको छ । यसरी आत्महत्या गर्ने हरेक १ लाखमा साढे ७ जना कलेजका विद्यार्थी हुन्छन् ।
संसारमा सबैभन्दा बढी आत्महत्या दक्षिण पूर्वी एसिया तथा पश्चिमी प्रशान्त महासागरीय क्षेत्रमा हुन्छ । ती २ क्षेत्रमा मात्र संसारभर हुने आत्महत्याको ५२ प्रतिशत आत्महत्या हुँदै आएको छ ।
संसारमा सबैभन्दा बढी आत्महत्या श्रीलंकामा हुन्छ । संसारभर हुने आत्महत्याको क्रुड रेट १० दशमलव ७ छ भने श्रीलंकामा यस्तो दर ३५ दशमलव ३ प्रतिशत छ ।
संसारमा सबैभन्दा बढी आत्महत्या निम्न मध्यम आय भएको समूहका मानिसले गर्छन् । संसारभर हुने आत्महत्याको ४१ दशमलव ४ प्रतिशत आत्महत्या यही समूहका मानिसले गरिरहेका छन् । आश्चर्यको कुरा त के भने त्यसभन्दा तल्लो समूहका अर्थात् निम्न आय भएका मानिसहरूको आत्महत्या दर शून्य दशमलव २ प्रतिशत मात्र छ ।
आत्महत्या गर्ने हरेक तेस्रो मानिस मानसिक रोगबाट पीडित हुन्छ । त्यसैले मानसिक रोगलाई आत्महत्याको एउटा प्रमुख कारण मानिएको छ ।
अमेरिकामा मात्र हरेक १ लाखमा १४ जना मानिसले हरेक वर्ष आत्महत्या गर्छन् । अमेरिकामा मानिसको मृत्युको दसौं कारण आत्महत्या नै हो ।
सन् १९९० मा हरेक १ लाख मानिसमध्ये १२ दशमलव ५ जनाले आत्महत्या गरेका थिए । यो आत्महत्या गर्ने दर अहिले हरेक १ लाख मानिसमध्ये १० दशमलव १० जनामा झरेको छ ।
आत्महत्याको प्रयास गर्नेहरूमध्ये ४९ दशमलव ८ प्रतिशतले आफैलाई आफैले गोली हान्छन् भने २६ दशमलव ८ प्रतिशत डोरीमा झुन्डिन्छन् । त्यसैगरी १५ दशमलव ४ प्रतिशतले विषपान गर्छन् भने १ दशमलव ७ प्रतिशतले हातको नाडी काट्छन् । आत्महत्याको १ दशमलव २ प्रतिशत माध्यम अरू नै हुने
गरेको छ ।