साप्ताहिक संवाददाता
बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको बिन्ध्यबासिनी सम्मान एवम सङ्गीत साँझ– २०७६ तथा दशौं बिन्ध्यबासिनी म्युजिक अवार्ड–२०७६ मा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा गरिएको छ ।
शनिवार फाउण्डेसनका आजीवन सदस्य तथा हालसम्म सम्मानित श्रस्टा, कलाकार र पत्रकारहरुको राय, सुझावमाथि छलफल गर्दै सल्लाहकार समितिको सिफारिसलाई कार्यसमितीको बहुमतले पारित गरेको फाउण्डेसनले जनाएको छ ।
जस अन्तर्गत बिन्ध्यबासिनी लाईफ टाईम एचिभ्मेन्ट अवार्ड–२०७६ लोक गायक कुमार बस्नेतलाई प्रदान गरिने भएको छ । नगद एक लाख रुपैयाँ राशीसहित उक्त सम्मान गायक बस्नेतलाई प्रधान गरिने छ ।
त्यसैगरी बिन्ध्यबासिनी सङ्गीत साधना सम्मान–२०७६ गायक दीपक खरेललाई प्रदान गरिने छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ ।
बिन्ध्यबासिनी सङ्गीत रत्न सम्मान–२०७६ संगीतकार हरि लम्साललाई प्रदान गरिने भएको छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ ।
बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान–२०७६ बाट भने पत्रकार राजेश खनाललाई सम्मान गरिने छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ।
बिन्ध्यबासिनी गीत सङ्गीत पत्रकारिता सम्मान–२०७६ पोखरामा कार्यरत सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ । उक्त सम्मानको राशी नगद १५ हजार रुपैयाँ छ ।
आगामी कात्तिक तथा मंसिरमा आयोजना हुने दुई भिन्न कार्यक्रममार्फत यी सम्मान तथा पुरस्कारहरु अर्पण गरिने बिन्ध्यबासिनी फाउण्डेसनका संयोजक सुवास रेग्मीले जनाएका छन् ।