साप्ताहिक संवाददाता
जनता जान्न चाहन्छन्— यो देश कसले चलाउँदैछ ? व्यवस्था त परिवर्तन गरियो, अब अवस्था कहिले परिवर्तन हुन्छ ? सबैका लागि शिक्षा कहिलेदेखि प्रारम्भ हुन्छ ? आफूले तिरेको करबाट हामीले राज्यबाट के–कस्तो सेवा–सुविधा पाउँछौं ? प्रकृतिले दिएको चिजबाहेक हामीले कुन कुरामा विश्वसामु गर्व गर्ने ? जनता यति धेरै कुरा जान्न चाहन्छन् कि आखिर जनताले जान्न नचाहेको कुरा चाहिँ के होला ?
दीपक आचार्य, निर्देशक
जनताले जान्न त धेरै कुरा चाहेजस्तो लाग्छ, तर चाहना र भावनाभन्दा कर्मतिर लाग्नुपर्ने देख्छु । अब केही होला कि भन्ने झिनो आशा छ ।
बिनोद ढकाल, गायक
जनता अहिले वास्तविकता जान्न चाहन्छन्, न्याय चाहन्छन् ।
प्राश्ना शाक्य, गायिका
यो देशमा २०४६ साल पछिका कुन–कुन मन्त्री, सांसद तथा कर्मचारीले अहिलेसम्म कति भ्रष्टाचार गरे भन्ने कुरा जान्न चाहन्छन् ।
विश्व प्रधान, संगीतकर्मी
यो देशका जनताले कहिले न्याय पाउँछन् ? सत्यको जित हुन्छ कि हुँदैन ?
ध्रव न्यौपाने, चलचित्रकर्मी
अब जनता सत्य कुरा जान्न चाहन्छन्, जालझेल धेरै भयो, कि कसो ?
अञ्जना गुरुङ, गायिका
देश कहिलेसम्म अनिर्णयको बन्दी भएर बस्ने ?
विवेक श्रेष्ठ, गायक
जनता सधैं सत्य–तथ्य जान्न चाहन्छन्, हावाका हल्ला र दोषारोपण होइन ।
पूजना स्त्री, अभिनेत्री
यो देशमा न्याय जिउँदै छ कि मरिसक्यो ?
प्रह्लाद तिमिल्सिना, गायक
पत्रकार ऋषि धमलालाई पो थाहा होला कि ?
दृश्य सुवेदी, अभिनेता
खै, ऋषि धमलालाई नै थाहा होला ।
अर्जुन कुमार, चलचित्रकर्मी
जनता सबै कुरा जान्न चाहन्छन्, तर अफसोच कहिल्यै जान्न पाउँदैनन् ।
विनोद बानियाँ, गायक
देशमा शान्ति र समृद्धि कहिले आउँछ भन्ने कुरा जान्न चाहन्छन् ।
डेविड शंकर, गायक
जनता सत्य र तथ्य जान्न चाहन्छन् तर खै जनताले जान्न खोज्या कुरा बाहिर आउँदैन, के गर्नु ?
विवेक खतिवडा, भिडियो जक्की
जनता साउदी, कतार र मलेसियामा कुन–कुन कम्पनीले कति–कति तलब दिन्छन् भन्ने कुरा जान्न चाहन्छन् ।
विकास सुवेदी, निर्देशक
वास्तवमा भन्ने हो भने जनता केही पनि जान्न चाहँदैनन्, जान्न चाहन्छन् त यो देशमा भ्रष्टाचारको अन्त्य अनि सुशासन ।
आलोकश्री, संगीतकार
जनता जान्न चाहन्छन् कि नेपालमा मेट्रो रेल कहिले आउँछ ? नेपालमा कहिले खानेपानी छेलोखेलो हुन्छ ? भनेको बेला राम्रो जागिर पाउने जमाना कहिले आउँछ ? घर–गाडी सजिलै जोहो गर्न सक्ने दिन कहिले आउँछ अनि स्वास्थ बीमा कहिले हुन्छ ?
दीपेन्द्र लामा, निर्देशक
जनता खासमा केही जान्न चाहँदैनन्, जनतालाई यथार्थ कुरा थाहै छ । जनताको नाममा खासमा ऋषि धमलाचाहिँ जान्न चाहन्छन् ।
असिम शाह, निर्देशक
जनता जान्न होइन, अहिलेको विजोग परिस्थितीबाट टाढा भाग्न चाहन्छन् ।
अनुराग कुँवर, चलचित्रकर्मी
यो कुरा उठाउने टिभी कार्यक्रम सञ्चालकको हैसियत ?
उज्ज्वल भण्डारी, उज्जु र्डािलङ
जनता जान्न चाहन्छन् कि कहिलेदेखि ढुक्क भएर आफ्नो काम सहज रूपमा गर्न सकिन्छ । जनता जान्न चाहन्छन्–हामी नेपालीको जिउ–धन सुरक्षित हुने दिन कहिलेदेखि आउँछ ? जनता जान्न चाहन्छन्–इमान्दार भएर देशको विकास गर्नुपर्छ, जनताको मन जित्ने काम गर्नुपर्छ भन्ने बुद्धि कहिलेदेखि पलाउँछ हाम्रा नेताहरूमा । जनता जान्न चाहन्छन्–नेताहरूले इमान्दार भएर आफ्नो समय देश र जनताका लागि खर्चंदा तिनीहरूको के बिग्रन्छ ? जनता जान्न चाहन्छन् प्रतिभा र सीप भएका युवाहरूले आफ्नै देशमा सरोकारको क्षेत्रमा काम गरेर देशलाई टेवा पु¥याउने दिन कहिले आउँछ ?
गजित विष्ट, अभिनेता
सरकारका हरेक राम्रा–नराम्रा पक्ष र सरकारले जनताका पक्षमा सुव्यवस्थाका लागि के–कस्तो पहल गरिरहेको छ भन्ने जान्न चाहन्छन् ? अन्यायका विरुद्ध न्यायका लागि सरकारका कदम कस्ता होलान् भन्ने जान्न चाहन्छन् । हरेक पल–पलको सत्य–तथ्य सूचना, समाचार जान्न चाहन्छन् ।
चिरञ्जीवी भण्डारी, गायक
देशको सामाजिक, आर्थिक, राजनीतिक एवं कला क्षेत्रका बारेमा ताजा र तथ्यपरक कुरा जान्न चाहन्छन् ।
प्रकाश सुवेदी, सञ्चारकर्मी
भ्रष्टाचारी, धोकेवाज, स्वार्थी, पापी, अत्याचारी, राष्टघाती को–को हुन् भन्ने कुरा जान्न चाहन्छन् ।
किरण केसी, हास्य अभिनेता
अत्याचार तथा भ्रष्टाचार गर्नेहरूलाई के–कस्तो कारवाही भयो ? देशको ढुकुटी लुट्ने, पुल, बाटो–घाटो आदि विकास–निर्मँणको पैसा लिएर काम नगर्ने र कमिसन खाएर काम दिने कर्मचारीहरूलाई के–के कारवाही भयो ? आदि–इत्यादि कुरा जान्न चाहन्छन् ।
दीपक अधिकारी, चलचित्रकर्मी
यो प्रश्नको सही उत्तर त ऋषि धमलाले नै दिनुहोला ! जहासम्म हाम्रो जवाफ छ— जनतालाई धेरै कुरा थाहा छ । जनता जान्न होइन, भन्न चाहन्छन् तर सुन्ने कसले ?
मनोज गजुरेल, व्यंग्यकार
जनता केही जान्न चाहँदैनन्, मात्र रमिता हेरेर हाँस्न चाहन्छन् ।
अराज केशव, संगीतकर्मी
मलाई त हास्य सिरियलको थेगो जस्तै लाग्छ यो ‘जनता जान्न चाहन्छन्’ भन्ने कुरा । कहिलेकाहीं त जनतालाई चासै नभएको प्रश्नको जवाफ माग्दा पनि यही फुर्को जोडेर ¥याख–¥याख पारिरहेको देखिन्छ । साझा खाले भएर होला यो थेगो हरेक बहस, विवाद र छलफलमा समेत प्रयोग गर्न मिल्ने रहेछ । खासमा जनता भने जुनसुकै प्रश्नको यथार्थ र सत्य उत्तर जान्न चाहन्छन्, जुन हाम्रा नेताहरूले कहिल्यै दिँदैनन् ।
दुर्गा पंगेनी, गीतकार