साप्ताहिक संवाददाता
असोज ३ मा प्रदर्शन हुने भनिएको चलचित्र लभ डायरिज अब कात्तिक १५ मा प्रदर्शन हुने भएको छ । निर्माण टिमले छठ पर्वलाई लक्षित गरेर नयाँ मिति सार्वजनिक गरिएको जनाएको छ ।
सुशील श्रेष्ठ स्टारर चलचित्रले अब कार्तिक १६ मा छठ पर्वको एक दिने बिदा खानेछ । सौरभ चौधरीले निर्देशन गरेको चलचित्रको एक रोमान्टिक गीत भने यसअघिनै सार्वजनिक गरिएको थियो ।
प्रेमकथानक चलचित्र लभ डायरिजमा सुशीलसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । चलचित्रमा विश्वजित रिमालको पनि मुख्य भूमिका देख्न सकिनेछ ।
मधु बास्तोलाको कथा र पटकथा रहेको चलचित्रलाई साहिल खानले सह–निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह–निर्माण छ ।
बुझिए अनुसार चलचित्र कबड्डी कबड्डी कबड्डीसँग लामो समय छलफल पछि चलचित्र लभ डायरिजले मिति सार्न तयार भएको हो । दुई ठुला चलचित्र एकै मितिमा जुध्दा त्यसको असर दुबैले भोग्नुपर्ने भएकाले एक चलचित्रले मिति सार्नुपर्ने दुबै चलचित्र माग राखेका थिए ।