साप्ताहिक संवाददाता
भाद्र २३, २०७६
भनिन्छ, एक रातको भेटले कतिपय मानिसको जीवनमा ठूलै परिवर्तन ल्याउँछ । यस्तै परिवर्तनमा आधारित एउटा चलचित्र खाली पिली निर्मााण हुने भएको छ । झट्ट सुन्दा हास्यरसको छनक दिने खाली पिलीले युवाहरूको नैराश्यपूर्ण जीवनमा एक रातको भेटले ल्याउने परिवर्तनलाई मुख्य विषय बनाएको छ ।
यो चलचित्रमा ईशान खट्टर तथा अनन्या पाण्डे मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । मकबुल खानले निर्देशन गर्ने यो चलचित्रका लागि अन्य कलाकारको छनौट भैसकेको छैन ।