साप्ताहिक संवाददाता
धेरै महिलासँग सम्बन्ध राख्ने पुरुषहरू यौन क्रियाकलापलाई महत्वपूर्ण त मान्छन् नै, तर महिला साथीसँगको सम्बन्धबाट कहिल्यै सन्तुष्ट हुन सक्दैनन् ।
नीलो आँखा हुने पुरुष त्यस्तै आँखा हुने महिलालाई मन पराउँछन्, तर उनीहरूबाट जन्मिएको शिशुको आँखा पनि नीलो भए त्यसलाई राम्रो मान्दैनन् ।
महिलाहरू महिनावारीको ठीक अघि पूर्ण यौनआनन्द लिन्छन्, उक्त समयमा उनीहरूको रक्तसञ्चार वृद्धि हुन्छ ।
कलेज जीवनमा यौन क्रियाकलापमा बढी सक्रिय युवा अपवादबाहेक कुनै न कुनै समयमा डिप्रेसनमा पर्छन् । जबकि कलेज जीवनमा यौनसम्पर्क नगर्ने विद्यार्थीहरू सामान्य रहन्छन् ।
जुन युवतीले आफू वरपर रहेका मानिसको भावना एवं आवश्यकता बुझ्न सक्छिन्, ती युवती राम्रो यौनसाथी सावित हुन्छिन् ।
यौन क्रियाकलापका दौरान महिलाहरू कल्पनाशील हुन्छन् । यो समयमा उनीहरूलाई पूर्ण यौन सन्तुष्टि मिल्यो भने महिला–पुरुषको सम्बन्ध दह्रो हुन्छ ।
एउटा तन्नेरी पुरुष एक रातमा औसत ५ देखि ७ पटक उत्तेजनामा आउँछ ।
सातामा दुईदेखि तीन पटक यौनसम्पर्क गर्ने महिला–पुरुषमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ ।
रोमान्टिक उपन्यास पढ्ने युवतीहरूले त्यस्ता उपन्यास नपढ्ने युवतीको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।