आफ्नो पहिलो प्रेमलाई कसरी सम्झिनुहुन्छ ?

- साप्ताहिक संवाददाता

भाद्र २४, २०७६

प्रेम, पहिलो, द्वितीय वा तृतीय भनेर कसरी सिलसिला मिलाएर भनौं खै ? जन्मिएपश्चात् जब ममा चेतना भन्ने चिज आयो, आफूलाई आमाको आँचल र बाको काँधमा पाएँ । कोही कसैले पनि बाआमालाई भन्दा बढी प्रेम कसलाई गर्ला र ? झगडा गरे पनि, मिलेपनि हरदिन दाइ र दिदीको साथमा अधिकांश बाल्यकाल र जवानी बित्यो । म उनीहरूलाई पनि आदिकालदेखी प्रेम गर्छु ।

जिन्दगी नाउँको यात्रामा मन पराएको र मन पराइएका अथवा जेलाई प्रेम भन्थे, ती कतिपय बीच–बीचमा छाडिँदै गएँ । सायद त्यो प्रेम थिएन । श्रीमती जो अहिले छिन्, जसलाई मन पराएरै, प्रेम गरेरै विवाह गरेँ, उनलाई खुब प्रेम गर्छु । पहिलो, दोस्रो, तेस्रो, दर्जा आफ्नो ठाउँमा छ । त्यसो त सबैभन्दा पछिल्लो चोटि जन्मिएको छोराको पनि बाआमा तथा श्रीमतीको भन्दा कम (बढी नै हुँदो हो) माया लाग्दैन । पहिलो प्रेमलाई कसरी सम्झन्छु, योभन्दा महत्वपूर्ण आँखा खोल्दा कसलाई खोज्छु, र आँखा बन्द गर्दा कसलाई देख्छुले धेरै प्रभाव पार्दो रै’छ ।

सुविन भट्टराई, आख्यानकार

पहिलो प्रेम सम्भिँmदा त मनमा अर्कै तरङ्ग आउँछ नि । मुटुको गति नै अर्कै भैदिन्छ । उनीसँग भेटेका स्थानहरू सम्भँmदा त्यहाँ गएर केहिबेर एक्लै भए पनि बसेर आउँm–आउँm जस्तो हुन्छ । उनलाई सम्झिनेबित्तिकै ओठमा उनको नाम, आँखामा उनकै चित्र, कानमा उनकै आवाज, हातमा उनको हातको नरम स्पर्श, गोडाहरूमा उनीसँग गरेको यात्राको चाल आउँछ । उनको नाम लिएर कसैले अरू कसैलाई बोलायो भने मात्र पनि म अगाडि उनी उभिन्छिन् । मलाई एकदम मन पराउँछु भनेकी उनले किन होला, मलाई चटक्कै माया मारेकी ?

प्रज्वल अधिकारी, कवि 

उसलाई देख्नेबित्तिकै मन खुसीले उफ्रन थाल्थ्यो । आँखाहरू उसलाई हेर्न लालायित हुन्थे । कानहरू उसको बोली सुन्न आतुर हुन्थ्यो । उसलाई देखेको दिनभरि नै मन उत्साहित हुन्थ्यो । उसैसँग जीवन बिताउने कल्पना गरेर मन रमाउथ्यो तर आज ऊ आफ्नै दुनियाँमा छ, म आफ्नै दुनियाँमा । यो आकाशको बादल, घनघोर वर्षा, घामको उज्यालो, जुनताराको शीतलता, धर्तीको हरियाली, फूलहरूको सुगन्ध अनि सुन्दरता, शीतको माला, असीना र हिउँको साम्राज्य, हिमाल र पहाडको लहर जुनसुकै चिजले मेरो सामु स्मृतिको सौगात लिएर आउँछन् । लाग्छ त्यो अब्यक्त प्रेम यो ह्दयमा अझै बाँचिरहेछ ।

भगवती बस्नेत, साहित्यकार 

प्रेम पहिलो र अन्तिम भन्ने हुँदैन र म कुनै पनि सम्बन्धलाई शब्दमा सम्झन्न चाहन्नँ । किनभने प्रेमको सुरुवात र अन्त्य पनि हुँदैन । यो जीवनको आरम्भदेखि समापनसम्म अपरम्पार र असंख्यसँग चलिरहन्छ ।

शेखर विकल्प, कवि

प्रकाशित :भाद्र २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्