साप्ताहिक संवाददाता
भाद्र २४, २०७६
गत शुक्रबार सार्वजनिक भएको बहुप्रतीक्षित चलचित्र साहोको सफलतापछि त्यसकी नायिका श्रद्धा कपुरको फुर्ती निकै बढेको छ । साहोका लागि बलिउडका थुप्रै चलचित्र त्यागेकी श्रद्धाले साहोको सफलतासँगै आफूले आफ्नो ट्यालेन्ट प्रमाणित गरेको दावी गरेकी छिन् ।
साहोको सुटिङका क्रममा अन्य कुनै पनि गतिविधिबाट टाढा रहेकी श्रद्धा यतिबेला साहोका अभिनेता प्रभासको समेत तारिफ गरेर थाकिरहेकी छैनन् । श्रद्धा र प्रभासको यो साताको व्यस्तताले पनि उनीहरूको केमेस्ट्रीलाई चर्चामा ल्याएको छ ।
फरक–फरक व्यक्तिसँग डेटिङमा रहेका भनिएका प्रभास र श्रद्धाको पछिल्लो केमेस्ट्रीले बलिउडमा सम्बन्ध बन्न र बिग्रन समय नलाग्ने कुरालाई नै सावित गरिरहेको छ ।