साप्ताहिक संवाददाता
आगामी असोज १७ असोजबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘काले दाई’ ट्रेलर रिलिज गरिएको छ । विजयादशमीको अवसर पारेर दर्शक माझ आउँन लागेको यो चलचित्रको ट्रेलरमा भने कमेडी, एक्सन र रोमान्स मिश्रित रुपमा देखिएको छ । ट्रेलर चलचित्रले सैनिकको कथा बोल्ने अनुमान गरिएको छ ।
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र शिव शर्माले निर्देशन गरेका हुन् । यसको निर्मातामा शम्शेर गुरुङ र ईन्द्र रामजाली रहेका छन् । ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठ लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् ।
पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको यो चलचित्र आरआर फिल्मस्ले वितरण गर्दैछ ।
चलचित्रको ट्रेलर :