चितवन समाज को आयोजनामा ‘चितवन सुमधुर साँझ २०१९’ सम्पन्न भएको छ । एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन अभियान अन्र्तगत आयोजना गरिएको कार्यक्रममा गायक शुरेश लामा, प्रिती आले, प्रकाश सपुत र कमेडियन सुबोध गौतमले आ–आफ्नो प्रस्तुती दिएका थिए ।
कमेडियन सुबोधले समसामयिक राजनितीका बारे ब्यङ्ग्यका साथै विभिन्न चर्चित ब्यक्तित्वहरुको क्यारिकेचर गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।
तेश्रो पटक हङकङ आएका शुरेश लामाले आफ्ना चर्चित गीतहरु मार्फत पर्याप्त वाहवाही पाए । गायीका तथा डान्सर प्रिती आलेको बेली डान्स र प्रस्तुतीमा हल तालीले गुन्जियो ।
हङकङमा सवैकुरा पाईन्छ, तर आफ्नो देशको निर्मल ढुङ्गे धाराको पानी पाईदैन, आमाले कराउँदै तयार बनाएको खाजा पाईदैन भन्दै स्टेज प्रवेश गरेका प्रकाश सपुतले आफ्ना चर्चित गीतहरु बोल माया, गलबन्दी लगायत प्रस्तुत गरे । पहिलोपटक हङकङ आएका प्रकाशका हरेक गीतमा दर्शकहरुले खुलेर रमाईलो गरे ।