नेपाली चलचित्र गुञ्जनको छायांकन पोखरामा सुरु भएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभमुर्हत गरिएको यो चलचित्रको ९० प्रतिशत छायांकन पोखरामा हुनेछ । बाँकी छायांकन काठमाण्डौमा गरिनेछ । चलचित्रको यतिबेला पोखराको लेकसाइड आसपासमा छायांकन भइरहेको छ ।
यो चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, सारा सिरपाली, प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्का लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । ए.एच. ईन्टरटेन्मेन्ट प्रा.ली को ब्यानरमा निर्माणाधिन चलचित्रलाई अष्टमान महर्जनले निर्देशन गर्दैछन् । द्धन्द्ध निर्देशनमा ख्याति कमाएका अष्टमान महर्जनले यस चलचित्र बाट निर्देशनमा डेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीले प्रस्तुत गरेको प्रेम कथामा आधारित रहेको चलचित्रलाई सुनिता शाहीले निर्माण गरेकी हुन् । चलचित्रलाई चर्चित छायांकार राजेश श्रेष्ठले छायांकन गर्दैछन् ।
महेश दवाडिको कथा, पटकथा र संवाद रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफि, अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत रहेको छ । अस्मिता अधिकारी, निशान भट्टराई र बनिका प्रधानले यस चलचित्रको गितमा आवाज भरेका छन् ।
रिलिज मिति फिक्स नभएपनि निर्माण युनिटले चलचित्रलाई फागुनमा प्रदर्शन गर्ने योजना बनाएको छ ।