तेस्रो पटक पिता

- साप्ताहिक संवाददाता

भाद्र २५, २०७६

नेपाली क्रिकेटमा शक्ति गौचनको योगदान निकै राम्रो छ । सक्रिय खेल जीवनबाट संन्यास लिएयता उनको चर्चा केही कम भएको थियो, तर गत साता उनी फेरि समाचारमा आए र त्यसको कारण व्यक्तिगत थियो ।

शक्ति बुबाको मुख हेर्ने दिनमै तेस्रो पटक पिता भएका छन् र उनले यो खुसी सामाजिक सञ्चालमार्फत सबैलाई सुनाए । शक्तिकी जीवन साथी कविताले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा छोरालाई जन्म दिएका हुन् । शक्ति र कविताको यो तेस्रो सन्तान हो । उनीहरूका दुई छोरी छन्— सदीक्षा र कस्तुर ।

शक्ति र कविताबीच १५ वर्षअघि विवाह भएको थियो । 

प्रकाशित :भाद्र २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्