साप्ताहिक संवाददाता
रेबिका गुरुङ, अभिनेत्री
चार वर्षदेखि मोडलिङमा सक्रिय रेविका गुरुङले प्रदर्शनरत चलचित्र ‘मारुनी’बाट अभिनयमा ‘डेब्यु’ गरेकी छिन् । यो चलचित्रमा उनले निर्वाह गरेको चरित्रबाट राम्रै प्रशंसा पाइरहेकी छिन् । रेबिकाले साप्ताहिकलाई आफ्ना बेस्ट फ्रेन्डहरूका बारेमा बताएकी छिन् ।
निमिषा अधिकारी
निमिषा मेरी स्कुलदेखिकी साथी हुन् । उनीसँग मेरो पहिलो भेट कक्षा ५ मा पढ्दा भएको थियो । त्यहाँदेखि अहिलेसम्म हामी साथी छौं । मेरी ममीपछि मलाई बुझ्ने भनेकै निमिषाले नै हो । उसले मेरो आँखा पढेर मेरो भावना बुझ्न सक्छे । ऊ मलाई हरबखत सहयोग गर्ने साथी हो ।
प्रबल कँडेल
प्रबलसँग मेरो भेट भएको चार वर्षजति भयो । ऊसँग मोडलिङ करियर सुरु गर्दा भेट भएको हो । उसमा कुनै घमन्ड छैन । उसले मेरो कुरा बुझ्छ । उसमा मप्रतिमात्र होइन, अरू कसैप्रति पनि इगोभाव छैन ।
सन्जोग रसाइली
सन्जोगसँग मेरो भेट चलचित्र ‘मारुनी’मा काम गर्दाताका एक वर्ष अघि भएको हो । ऊ काममा लगाव राख्ने मानिस हो । ऊ साधारण र सोझो छ ।
निभा अधिकारी
निभासँग पनि मेरो मोडलिङ करियरताका नै चार वर्षअघि भेट भएको हो । उसले मलाई जहिल्यै पनि केही नयाँ काम गर्न मोटिभेट गर्छे । मलाई केही समस्या भयो भने ऊ दौडेर आउँछे ।