साप्ताहिक संवाददाता
भाद्र २६, २०७६
अहिलेसम्म लभर गर्लको इमेजमा रहेकी जान्हवी कपुर चाँडै फरक भूमिकामा देखिने भएकी छिन् । करण जौहरको धर्मा प्रोडक्ट तथा जी स्टुडियोले निर्माण गरेको वार मुभी गुन्जन सक्सेना : द कार्गिल गर्लमा जान्हवी कपुर पाइलटको भूमिकामा देखिन लागेकी हुन् ।
यो चलचित्रमा जान्हवीले सन् १९९९ मा भारत र पाकिस्तानबीच कास्मिरको कार्गिलमा भएको ३ दिने युद्धका बेला लडाइँमा घाइते भएका भारतीय सैनिकहरूको उद्धार गर्ने पाइलटको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्रले जान्हवी कपुरको अहिलेसम्मको इमेज बदल्ने दावी गरिएको छ ।