काठमाडौंमा मनाइने विविध जात्रामध्ये इन्द्रजात्रा पनि एक हो । रमाइलो र महत्वपूर्ण जात्रा मानिन्छ । इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना हो । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठमन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र हाल सम्पदा क्षेत्रमा पर्दछ । काठमाडौँ लगायत बाहिरी जिल्लाका जात्रा एवं नाच पनि यस क्षेत्रमा देखाइने गरेको छ ।
काठमाडौँमा लिच्छविकालीन राजा गुणकामदेवले चिकंमुगलको अट्कोनारायण मन्दिर अगाडि इन्द्रध्वज (लिङ्गो) गाडेर सँगै इन्द्र देवताको मूर्ति राखेर इन्द्रजात्रा चलाएको भनिन्छ । इतिहासविद् महेशराज पन्तका अनुसार राजा प्रतापसिंह शाहको राज्यकाल (वि.सं. १८३१–१८३४) मा मल्ल राजाहरुको पालादेखि चाँदीको मोहर नेपालले बनाउँदै आइरहेको र पछि यसमा मिसावट भएर मोहर बनाउने काम बीचैमा रोकिएको थियो । वि.सं. १८३२ मा सन्धिमार्फत् तिब्बतसँग पुन: मोहर बनाउने सहमति भयो । त्यसको खुसीयालीमा अट्कोनारायणको साटोमा कालभैरव अगाडि लिङ्गो ठड्याएका थिए र त्यसको तलतिर घोडा सवार इन्द्रको सुनको प्रतिमा समेत प्रदर्शनी गरेका थिए ।
इन्द्रजात्राको लिङ्गोको जति महत्व मानिन्छ कुमारीको रथयात्रा पनि उतिकै महत्वपूर्ण मानिन्छ । कुमारी रथ यात्राको चलन वि.सं. १८१० देखि चलेको कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ । अठारौं शताब्दीमा इन्द्रको जात्रासँग जोडिएर अर्को कुमारी जात्रा पनि सुरु भयो ।
कथन अनुसार काठमाडौंको बसन्तपुरस्थित कुमारीघरको निर्माण र यात्राको परम्परा जयप्रकाश मल्लले चलाएका हुन् । वि.सं. १८०३ देखि १८०७ सम्म गद्दीच्युत भएर भौंतारिएको बेलामा १८०७ को अन्त्यतिर गोप्यरुपले कुमारीको दर्शन गर्न पाएको चार दिनपछि नै गुमेको राजगद्दी फिर्ता लिन सफल भए । यहि खुशीयालीमा कुमारी घर बनाइदिए र कुमारीको रथयात्रा गराउन भनेर एउटा पगोडा आकारको तीन तले छाना भएको रथ बनाउन लगाए । गणेश र बटुकभैरवलाई साथमा राखेर रथयात्राको परम्परा समेत चलाए, राजा जयप्रकाश मल्ल स्वयं रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ । इन्द्रजात्रा अवधिभर विभिन्न नाच र गतिविधिले रमाइलो मात्र होइन आर्य संस्कृतिको जीवन्त दृश्य आठदिन सम्म अवलोकन गर्न पाइन्छ ।
महाकाली नाच: भक्तपुरको महाकाली नाचमा महालक्ष्मी, महाकाली र कुमारी बाहेक अन्य पात्रहरुमा एक जोडी कवं (एकप्रकारको ख्याक), एक जोडी भूत र एकजोडी सिंह, अनि मयूर, जोक्कर र भक्तजन हुने गर्दछ । यसको प्राचीनताबारे खोजीनीति गर्दा प्रधानमन्त्री वीरशमशेरको पालोदेखि यो नाच इन्द्रजात्राको अवसरमा काठमाडौं ल्याई नचाउन थालेको देखिन्छ ।
सव:भक्कु नाच: जात्राभरी हलचोकको सव:भक्कु नाच पनि एक हुन् । पुतवारहरु तेह्रौं शताब्दीमा मिथिलाका राजा हरिसिंहदेवसाग काठमाडौं आएको दावा गर्दछन् । हलचोक भैरव (सव:भक्कु)को नृत्य तुलजा भवानीको उपत्यकाभित्र आगमन तथा पूजाआजा सागसँगै भएको हो । तर मल्लकाल पनि यी पुतवारहरुलाई शाह राजाहरुले शहर बाहिर धपाई स्वयम्भूको पछाडिको हलचोकको डाँडामा बस्ती बसाल्न पठाएको देखिन्छ । तर हरेक वर्ष यिनीहरु यो नृत्य प्रस्तुत गर्न इन्द्रजात्राको बेलामा काठमाडौं शहरभित्र नै एक हप्तासम्म बसेर कुमारीको रथयात्रा सागसँगै आफ्नो नृत्य प्रदर्शन गर्ने गर्दछन् ।
देवी नाच: किलागल टोलको देवीनाच पनि इन्द्रजात्रा अवधिभर शहरको विभिन्न ठाउँहरुमा देखाइन्छ । यो देवीनाचमा सात पात्रहरु जस्तै: भैरव, कुमारी, चण्डी, दैत्य, कङ्काल, बेताल र ख्याक हुन् । बाजाको तालमा करिव आठवटा रागहरुमा गीतहरु गाइन्छन् । यी भिन्नभिन्नै रागका गीतहरुमा नृत्य पात्रहरु पनि फरकफरक सङ्ख्यामा नृत्य–नटिका गर्ने गरिन्छ । मालश्री रागबाट शुरु भई बलारी रागमा टुागिने ती गीतहरु अति नै भावपूर्ण छन् ।
दश अवतार: कुमारीघर अगाडि रहेको त्रैलोक्यमोहन नारायण मन्दिरमा विष्णुले लिएको दश अवतारको नृत्य प्रदर्शन गरिन्छ । रात परेपछि भगवान् विष्णुको दश अवतारका रुपहरु मात्र देखाउने होइन यसको अतिरिक्त इन्द्रजात्रा शुरु भएदेखि अन्त्यसम्म आठ दिन प्रत्येक दिन दश दशवटा भिन्दाभिन्दै रामायण, महाभारत र देवी महात्म्यसाग सम्बन्धित विभिन्न दृश्यहरु पनि देखाइन्छन् ।
पुलुकिसी नाच: यस्तै, किलागलको पुलुकिसी नाच इन्द्रजात्राको आकर्षणहरुमध्ये एक हो । बाँसको मान्द्रो जसलाई नेवारी भाषामा ‘पुलु’ भनिन्छ त्यस मान्द्रो र बाँसबाट बनेको हात्तीको आकृतिभित्र दुई जना मानिस उभिएर नाँच्ने गर्दछ । नाँचमा विशेष एकप्रकारको तीनकुने फलामको बाजा बजाइन्छ, जसबाट ताइनाई घ्याइनाइको आवाजको साथै धिमेबाजा र भुस्याको आवाजमा हात्तीले नाच्ने र बाजाको धूनमा टाउको र आाग हल्लाउँदै सडकमा दगुर्नु नै यसको प्रमुखता हो । स्वर्गबाट आएको ऐरावत हात्तीले इन्द्रलाई खोज्न यताउती भौतारिादै हिंडेको अवस्थालाई चित्रण गर्न खोजिएको पाइन्छ ।
लाखे नाच: मजिपाटको लाखे नाच, कुमारीको रथयात्राको भीड सागसागै देखापर्ने सबभन्दा आकर्षित एउटा डरलाग्दो राक्षसको नाच हो । लाखे नाचमा सबभन्दा रमाइलो पक्ष भनेको एउटा सानो बालक जसलाई ‘‘झ्यालिन्चा’’ भनिन्छ, त्यसले लाखेलाई जिस्काउन थाल्दछ र रीसले चूर भएका लाखे उक्त बालकलाई समात्ने प्रयासमा बाजाको तालमा दौडिन्छ । इन्द्रजात्राको हप्ता दिनसम्म ठाउा ठाउामा गई लाखे नाच देखाउने गर्दछ ।
आकाश भैरव: इन्द्रजात्राको दिनमा फूलैफूलले सजिसजाउ इन्द्रचोकको आकाश भैरवको रौनकता बेग्लै देखिन्छ । शिवको उग्ररुपनै भैरव हो । इन्द्रजात्राको अवसरमा मात्र मन्दिर बाहिर सिागटी छाने शैलीमा विराजमान गराएपछि नै आकाश भैरवको मूर्ति फूलैफूलले सजाइन्छ । किंवदन्ती अनुसार यलम्बर भन्ने किराँती राजाले इन्द्रचोक अर्थात् वंघ: मा आफ्नो राजघर बनाएर बसेका थिए । नेवार ज्यापू समुदायले आजु द्य: को रुपमा पूजिने आकाश भैरव किराातकालीन देवताको रुपमा पनि मानिन्छ ।
श्वेत भैरव (हाथु द्य:): इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिने झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको श्वेत भैरव (नेवारीमा हाथु द्य: भनिन्छ) नेपालकै सबैभन्दा ठूलो अनुहार भएको भैरवको भव्य मूर्तिको रुपमा पनि लिइन्छ । यसको श्री ५ रणबहादुर शाहले वि.सं. १८५२ मा मूर्ति स्थापना गरेका थिए । ‘त्रिरत्न सौन्दर्यगाथामा’ समेत यसको वर्णन गरिएको छ । अरु बेला भने आँखीझ्यालले छोपिएर राखिएको हुन्छ भने इन्द्रजात्रा अवधिभर मूर्तिको मुखबाट निकालिएको पाइपबाट जााड, रक्सी बगाएर प्रसादको रुपमा बााडिन्छ । यसलाई ‘हाथु हायेके’ भनिन्छ । सो प्रसादको रुपमा पिउनका लागि भक्तजनहरुको ताछाड मछाडको रमाइलो दृश्य हेर्नेको भिड लाग्छ ।
इन्द्रजात्रा सकेको आठौं दिनपछि राती इन्द्रध्वज लिङ्गो ढालेर टेकुमा सेलाएपछि विधिवतरुपमा जात्रा समाप्त गरिन्छ ।