साप्ताहिक संवाददाता
भाद्र २७, २०७६
ओपोले नेपालमा ए सिरिज–२०२० अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ । ए सिरिजअन्तर्गतका उत्पादनमा ‘एनाइन–२०२०’ तथा ‘एफाइभ–२०२०’ छन् । मध्यमवर्गीय स्मार्टफोन बजार लक्षित ओपोका यी उत्पादनले उत्कृष्ट फोटोग्राफीको अनुभव प्रदान गर्नुका साथै यसमा लामो समय टिक्ने ब्याट्री उपलब्ध गराइएको छ ।
ओपो एसिरिज–२०२० ले विभिन्न आवश्यकतासहितका उपभोक्ताहरूको माग सम्बोधन गर्नेछ । यो फोन विशेष गरी, जेनरेसन जी युवाहरूका लागि उत्कृष्ट हुने बताइएको छ । ओपो ए सिरिज–२०२० मा उपलब्ध परिष्कृत ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स तथा ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव गराउने दाबी गरिएको छ ।