साप्ताहिक संवाददाता
भाद्र २७, २०७६
उल्टो मोटरसाइकल यात्रीका रूपमा परिचित चित्रकुमार कार्की भारतको नेसनल एक्सिलेन्ट पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।
खोटाङमा जन्मिएर उदयपुरको सदरमुकाम गाईघाटका विभिन्न हाटबजारमा उल्टो मोटरसाइकल यात्रा गरेर सबैलाई चकित बनाउँदै आएका कार्कीले सन् २०११ मा शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गरौं पर्यटकलाई आकर्षित गरौं भन्ने नारासहित मेचीदेखि महाकालीसम्म उल्टो मोटरसाइकल यात्रा सम्पन्न गरेका थिए ।
कार्कीलाई विश्व रेकर्डको लण्डन कार्यालय तथा भारत शाखाले विश्व रेकर्डको प्रमाणपत्र समेत हस्तान्तरण गरेको छ ।
ऋषि राई