साप्ताहिक संवाददाता
भाद्र २७, २०७६
दक्षिणकाली भिलेज रिसोर्टमा आज शुक्रबार मोडल बोटल्स तथा मनसुन फेसन परेड–३ गरी दुईवटा कार्यक्रम हुँदैछ, जसमा गायक आनन्द कार्की, अमित एन्ड परीक्षा ब्यान्ड, माधुरी सरु धिमाल एवं जादुगर महाराजले वातावरण तताउनेछन् । साँझ ७ बजे प्रारम्भ हुने उक्त इभेन्टमा लाइभ म्युजिक, मेलोडियस सङ, मिड नाइट फेसन शो तथा आइटम डान्ससमेत प्रस्तुत हुनेछ ।
यस्तै, भोलि शनिबार मनसुन फेसन परेड–३ सञ्चालन हुनेछ, जसमा गिरीश खतिवडा, बुलेट फेलो, मेनो चाम्लिङ, मल्लिका शाक्य आदिलाई फिचरिङ गरिएको छ । बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म चल्ने उक्त कार्यक्रममा रेन फेसन शो, वाटर रुफ ड्ेरेसेज, अक्वा जुम्बा, बेली डान्स, बलिउड डान्स तथा डिजे सेसन समेत समेटिएको छ । यी दुवै इभेन्टका लागि ३ हजार ५ सय शुल्क तोकिएको छ ।