साप्ताहिक संवाददाता
भाद्र २७, २०७६
काठमाडौं
बलिउड प्रख्यात गायक तथा संगितकार अखिल सचदेवा नेपाल आइपुगेका छन् । उनलाई टर्टल लाउन्ज एण्ड क्लबले नेपाल ल्याएको हो । उनी आज दिउँसो ३ः३० मा काठमाण्डौ आइपुगेका हुन् ।
भोली फर्कने अखिलले आज ठमेलस्थित टर्टन लाउन्जले आयोजना गरेको विशेष कन्सर्टमा धमाकेदार प्रस्तुती दिने टर्टलका सन्जु अधिकारीले बताए । निकै महंगो रकम खर्चिएर उनलाई नेपाल ल्याइएको उनले बताए । केहि समयअघि प्रदर्शन भएको हिट बलिउड चलचित्र कविरसिंहको ‘तेरा बनजाउङ्गा’ मा स्वर दिएका छन्, यसअघि उनले धेरै हिट गीतमा स्वर दिएका छन् ।
नासा ब्यान्ड मार्फत आफ्नो सांगितिक यात्रा सुरु गरेका सचदेवाले थुप्रै एवार्ड हात पारिसकेका छन् । उनी अहिले बलिउडका सर्वाधिक लोकप्रिय गायकको सुुचीमा पर्छन् ।