साप्ताहिक संवाददाता
भाद्र २८, २०७६
भृकुटीमण्डपमा दसैं कार्निभल फुड फेस्टिभल हुँदैछ । आज शनिबार एक दिन चल्ने उक्त फेस्टिबलमा विभिन्न नेपाली परिकारको स्वाद लिन पाइनेछ । कार्यक्रममा गायिका केञ्जल मेहर श्रेष्ठ तथा टाइप ब्याण्ड, मुक्ति एन्ड रिभाइभल तथा कुटुम्ब ब्यान्डले सांगीतिक प्रस्तुतिसमेत दिनेछन् ।
आईआईएमएस कलेजले नेपाली परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले यो इभेन्ट आयोजित गरेको कलेजका प्रमुख सविन्द्र महर्जनले बताए । कार्यक्रममा प्रवेशका लागि २ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । फेस्टिभल बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।
केन्जल मेहर श्रेष्ठ, गायिका