साप्ताहिक संवाददाता
अभिनेता सुशील श्रेष्ठको नयाँ चलचित्र ‘लभ डायरिज’ कात्तिक १५ गते प्रदर्शनमा आउने भएको छ । सोही दिन विराज भट्टको चलचित्र ‘साङ्लो’ पनि प्रदर्शन हुँदैछ ।
शिवहरि पौडेलद्वारा निर्देशित चलचित्र ‘लक्का जवान’ को छायांकन काभ्रे जिल्लाका विभिन्न लोकेसनमा भैरहेको छ ।
अभिनेता किशोर खतिवडा तथा अभिनेत्री सञ्जिता लुइँटेलको प्रमुख भूमिका रहेको रामकाजी घिमिरेद्वारा निर्देशित चलचित्र ‘शिवा’ को ट्ेरलर सार्वजनिक भएको छ ।
कात्तिक २२ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘लभ यू हमेसा’ को शीर्षक गीत सार्वजनिक भएको छ, जसमा प्रताप दास तथा श्रेया सोताङको स्वर सुन्न सकिन्छ ।
टेलिश्रृंखलामा सीमित भैरहेकी अभिनेत्री सरिता लामिछानेको मुख्य भूमिका रहने चलचित्र ‘म’ को छायांकन प्रारम्भ भएको छ, जसलाई परिच्छेद सेनले निर्देशन गरिरहेकाछन् ।
खगेन्द्र लामिछानेले आफ्नै निर्माण तथा निर्देशनको चलचित्र ‘पानी फोटो’ को छायांकन प्रारम्भ गरेका छन् जसमा खगेन्द्रसँग अनुप बराल, मेनुका प्रधान, सुनिल पोखरेल आदि कलाकारले पनि अभिनय गर्दैछन् ।
चलचित्र ‘पोइ पर्यो काले’ को शीर्षक गीतको भिडियो सार्वजनिक भएको छ, जसमा अर्जुन पोखरेलको संगीत तथा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर सुन्न सकिन्छ ।