साप्ताहिक संवाददाता
भाद्र २८, २०७६
दुई साताअघि प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ ले ९ दिनको अवधिमा करिब १ करोड ८५ लाख रुपैयाँ बराबरको ग्रस कलेक्सन गरेको निर्मात्री पूनम गौतमले दाबी गरेकी छिन् । निर्मात्री गौतमका अनुसार चलचित्रमा १ करोड ७० लाख रुपैयाँ लगानी गरिएको छ ।
दोस्रो हप्तामा प्रवेश भएसँगै मल्टिप्लेक्सहरूले चलचित्रको शो बढाएपछि निर्माण पक्ष उत्साहित भएको छ । राम्रो माउथ पब्लिसिटीका कारण सिनेमा हलमा दर्शकको भीड बढिरहेको चलचित्रका निर्देशक नवल नेपाल बताउँछन् ।