साप्ताहिक संवाददाता
मानिसहरू स्वस्थ एवं तन्दुरुस्त रहन विभिन्न किसिमका व्यायाम गरिरहेका हुन्छन् । परिवर्तित समयसँगै यसरी गरिने व्यायामको शैलीमा समेत भिन्नता आउन थालेको छ । यसैको कारण हुन सक्छ, केही समययता नेपालमा पनि एक्वा जुम्बा लोकप्रिय हुँदै गएको छ । संगीत प्रयोग गरेर स्वीमिङ पुलमा गरिने व्यायामलाई नै एक्वा जुम्बा भनिन्छ । विशेष गरी यो व्यायाम गर्मी मौसममा गरिन्छ ।
यो व्यायाम २५ वर्ष उमेर समूहभन्दा माथिका मानिसले गर्छन् । एक्वा जुम्बा दैनिक रूपमा नगरेर बेला–बेलामा गरिन्छ भने यसमा एरोबिक, एक्वा, योग, जुम्बा आदि १ देखि २ घण्टासम्म गर्नुपर्छ । एक्वा जुम्बामार्फत शरीरको तौल घटाउन, शरीरलाई लचिलो बनाउन, शरीर बलियो बनाउन तथा मानसिक तनाव हटाउन मद्दत मिल्छ भने शारीरिक पीडा हुनेहरूका लागि पनि यो व्यायाम लाभदायक हुन्छ । एक्वा जुम्बा काठमाडौंमा स्पलास स्मिङ पुल पेप्सीकोला, बानेश्वर स्पा, भिभान्ता काठमाडौं होटल, झम्सीखेल आदिमा उपलब्ध छ ।