साप्ताहिक संवाददाता
भाद्र ३०, २०७६
गायक जस्टिन विवरसँग डेटिङ गरिरहेकी हलिउड अभिनेत्री हेलि वाल्डविनको रिसको पारो यतिबेला उत्कर्षमा छ । वाल्डविन रिसाउनुको कारण भने गजबको छ ।
उनका प्रेमी जस्टिनले अनौपचारिक रूपमा खिचेको उनको मेकअपरहित तस्बिरलाई गत शुक्रबार अचानक सोसल मिडियामा अपलोड गरिदिएपछि वाल्डविनको पारो तातेको हो । यतिबेला विवर वाल्डविनलाई फकाउने काममा व्यस्त छन् ।