साप्ताहिक संवाददाता
ध्यान यस्तो विज्ञान हो, जसले जीवनका धेरै किसिमका समस्यालाई जरैदेखि समाधान गर्छ । यो आफैंप्रति फर्कने कला हो । यसले मन र ह्दयलाई स्थायी रूपमा शान्त एवं सहज बनाउँछ । नियमित रूपमा कम्तीमा १० देखि ४५ मिनेट ध्यान गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक लाभ प्राप्त गर्न सकिने कुरा प्रमाणित भैसकेको छ ।
के हुन्छ
ध्यानले तनावका कारण बढेको उच्च रक्तचापलाई नियन्त्रण गरी ह्दयघातबाट जोगाउँछ ।
ध्यानले तनाव कम भै शरीरमा उत्पन्न हुने हार्मोनल असर कम हुने हुँदा मन शान्त, ताजा एवं स्वच्छ हुन्छ ।
तनावका कारण उत्पन्न मुहारको चाउरी हटाउँछ ।
ध्यानले शारीरिक सुन्दरता बढाउन सहयोग पुर्याउँछ । यसले गर्दा उमेरभन्दा पहिले बुढ्यौली देखिँदैन ।
ध्यानले शरीर एवं मनलाई क्रियाशील बनाउँछ भने जीवनमा आइपर्ने अनेकन समस्यालाई सहज ढंगले समाधान गर्न सक्ने बनाउँछ ।
स्मरणशक्ति बढाउनुका साथै एकाग्रता बढाउँछ ।
आत्मविश्वास, आँट, जोश–जाँगर तथा निर्णय गर्न सक्ने क्षमतामा वृद्धि गर्छ ।
ध्यानले इच्छा शक्ति बढाएर नकारात्मकता एवं कुलतबाट मुक्ति दिलाउँछ ।
ध्यान गर्नाले अनिद्रा, रिस, चिढचिढापनजस्ता प्रवृत्ति नियन्त्रणमा आउँछ ।
मनमा उत्पन्न स्वार्थ हटेर दया, करुणा एवं प्रेमको भाव उत्पन्न हुन्छ ।
मनमा उत्पन्न हुने असुरक्षापन, अधुरोपन, भित्री डर, असन्तुष्टि जस्ता भावनालाई ध्यानद्वारा नियन्त्रण गर्न सकिन्छ ।
बिग्रिएको सम्बन्धमा सुधार आउनुका साथै सम्बन्धमा मधुरता सिर्जना हुन्छ ।
आत्मबोध सिर्जना गर्दै वर्तमानमा जिउने कला सिकिन्छ ।
दिव्य प्रेमको उदय गराई परम आनन्दित तुल्याउँछ ।