साप्ताहिक संवाददाता
नेपाली चलचित्र उद्योगमा पछिल्लो समय सर्वाधिक चर्चामा कुनै कलाकार छन् भने रविन्द्र झा हुन् । उनको पछिल्लो हिट चलचित्र जात्रै जात्रा हो ।
एकपछि अर्को हिट चलचित्र दिएका झा क्याप्टेन फेम्ड निर्देशक दिवाकर भट्टराईको नयाँ चलचित्र ‘तिमी सँगै हुने मन छ’ मा अनुबन्धित भएका छन् । उनलाई राम्रो पारिश्रमिक दिएर यो चलचित्रमा साइन गराइएको छ ।
निर्देशक भट्टराईले आज कलाकार झासँग कागजी सम्झौतासँगै चेक हस्तान्तरण समेत गरे । सम्झौतापछि साप्ताहिसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले उनलाई विशेष भुमिकामा इन्ट्रि गराइएको र उनको भुमिकाले चलचित्रको उचाईलाई थप माथी पुराउने बताए । भने, ‘रविन्द्र जी हाम्रो स्क्रिप्टका लागी चाहिएको व्यक्ती हो, मुख्य कलाकारहरुमध्ये एक विशेष क्यारेक्टरमा उहाँको अभिनय देख्न सकिनेछ ।’
अधिकांश भाग पोखरामा छायाँकन गर्न लागिएको यो चलचित्रमा अहिलेसम्म दिपिका प्रसाईँ नियुक्त भइसकेकी छिन् । मुख्य अभिनेता फाइनल गरिएपनि नाम भने घोषणा गरिएको छैन । निर्माण पक्षले दिएको जानकारी अनुसार यो चलचित्रको केहि हप्तामै घोषणा हुनेछ ।