साप्ताहिक संवाददाता
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बर ‘माया पिरती’ बोलको गीतमा कलाकार दयाहाङ राई र उपासना सिंह ठकुरीको प्रेमलाई रमाइलो पारामा प्रस्तुत गरिएको छ ।
कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वरमा तयार गीतको छायाँकन हिमाली भेगमा गरिएको छ । यसअघि निर्माण टिमले ‘दुबो फुल्यो’ र शिर्ष गीत सार्वजनिक गरिसेको छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।
निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी रहेको चलचित्रमा रुदेन सदा लेप्चाको सह-लगानी छ । सिनेमा असोज ३ देखि नेपालभरका हलमा एकसाथ प्रदर्शन हुँदैछ ।