साप्ताहिक संवाददाता
भाद्र ३१, २०७६
नेपाली कथानक चलचित्र ‘घामड शेरे’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा अभिनेता निश्चल बस्नेत फिचर्ड छन् । यो चलचित्रमा निश्चल र स्वस्तिमा खड्काले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
हेमराज बिसीले निर्देशन गरेको ‘घामड शेरे’ को पहिलो पोस्टरसँगै रिलिज डेट पनि सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी कार्तिक ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।