साप्ताहिक संवाददाता
आश्विन १, २०७६
पुमाले खेलाडीहरूका लागि उपयुक्त स्मार्टवाच बजारमा उतार्ने घोषणा गरेको छ । उक्त स्मार्टवाचमा क्वालकम स्न्यापड्रागन वेयर ३१०० चिपसेट प्रयोग गरिएको छ, जसले गुगल वेयर ओएसमा आधारित भएर काम गर्छ ।
सामान्य मानिसले समेत व्यायाम वा विभिन्न तालिम गर्दा यसको प्रयोग गर्न सक्छन् । यसको बाहिरी केस आल्मुनियम तथा नाइलनबाट निर्माण गरिएको छ, त्यसैले यो निकै हल्का छ । यसमा प्रयोग गरिएको गुगल फिट फिचरका कारण हार्ट रेट र वर्कआउटलाई पनि ट्रयाक गर्न सकिन्छ । यसमा एनएफसी पेमेन्ट फिचरसमेत समावेश छ । स्विमिङ गर्दा समेत यसलाई प्रयोग गर्न सकिन्छ ।
यो स्मार्टवाचको नाम अझै जुराइएको छैन, तर यसको अन्तर्राष्ट्रिय बजार मूल्य २ सय ७५ अमेरिकी डलर हुने तथा आगामी नोभेम्बरमा बिक्रीका लागि उपलब्ध गराइने बताइएको छ ।