साप्ताहिक संवाददाता
आश्विन २, २०७६
नेपाली चलचित्रका अभिनेता अभिनेत्रीहरूमा ट्याटुको सौख निकै पाइन्छ । यस्तै सौख अभिनेत्री दीपिका प्रसाईंमा पनि छ । उनले केही दिनअघि सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
सार्वजनिक तस्बिरलाई नियालेर हेर्दा उनको देब्रे हातको नाडीमा ट्याटु देखिन्थ्यो । ट्याटुको पूरै तस्बिर नदेखिएकाले कतिपयले श्रीमान् दिवाकरको नाम खोपेकी होलिन् भन्ने अनुमान गरेका थिए, तर प्रसाईंले हातमा नमस्कारको आकृतिको तल मम्–ड्याड लेखेकी छिन् ।
प्रसाईंले यो ट्याटु करिब आठ महिनाअघि खोपाएकी हुन् ।